ad ad

राजनीति


सांसद सोविता गौतमको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनायो आपत्ति

सांसद सोविता गौतमको अभिव्यक्तिप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले जनायो आपत्ति

नेपालखबर
साउन २२, २०८१ मंगलबार १५:१८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सोविता गौतमले संसदमा दिएको अभिव्यक्तिप्रति राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आपत्ति जनाएको छ।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीले काठमाडौं क्षेत्र नं २ की सांसद गौतमलाई आफ्नो क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराउँदा दुर्व्यवहार गरिएको भन्दै दिएको अभिव्यक्तिको भर्त्सना गरेको छ।

सांसद गौतमले सोमबार संसदमा दिएको अभिव्यक्ति ‘लज्जास्पद भएको’ सो संगठनको ठहर छ।

‘कागेश्वरी ६ मा मन्दिरको बाटो पर्खाल लगाएर बन्द गरिएको अवस्थामा त्यहाँका स्थानीय वृद्धवृद्धा र अपाङ्ग व्यक्ति जान मुस्किल भएको मन्दिरको नजिकमा चर्चको वाटो चिल्लो ढलान भएको तर मन्दिरको बाटो बन्द भएकाले कागेश्वरी मनोहरा ०६ स्थित एतिहासिक नागदह मनकामना मन्दिरको अहिलेको अवस्था एकदमै जीर्ण छ भनेर ध्यानाकर्षण गराउँदा दुर्व्यवहार भयो भनेर लज्जास्पद अभिव्यक्ती दिनुभएको कुराको गम्भीर रुपमा भत्सर्ना गर्दछौं’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले भनेको छ।

सांसद गौतमले सोमबार संसद बैठकमा बोल्दै आफ्नो निर्वाचन क्षेत्रमा जाँदा एउटा राष्ट्रिय पार्टीका युवाहरूले दुर्व्यवहार गरेको बताएकी थिइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम नलिइकन सांसद गौतमले आफूमाथि दुर्व्यवहार गर्नेको फेसबुक प्रोफाइल खोलेर हेर्दा पार्टीको जिम्मेवार कार्यकर्ता भएको थाह पाएको बताएकी थिइन्।

‘यस कमिटीका सचिवले सार्वजनिक चासोका विषयमा आफ्नो क्षेत्रका अभिभावक, जनप्रतिनिधि सांसद्लाई ध्यानआकर्षण गराउँदा दुर्व्यवहार भएको भनिन्छ भने सार्वजनिक जनसरोकारका विषयहरू, युवाहरुको बेरोजगारीको कारणले विदेसिनु पर्ने अवस्था, क्षेत्रमा भएका अनियमितता, भ्रष्टाचार र समस्याहरु कसले आवाज बुलन्द पारिदिने?’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जवाफदेहिता लुकाउन त्यहाँ भेला भएका युवाहरु गाँजा र मदिरा सेवन गरेका थिए भन्ने मनोकल्पित कुरा गर्न कत्तिको जायज हो? एकजना जनप्रतिनिधि यसरी गैरजिम्मेवार भएर बोल्न मिल्छ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .