सिंहदरबारमा मन्त्रिपरिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।
हरेक सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएपनि हिजो (सोमबार) प्रधानमन्त्री उपत्यका बाहिर रहेकाले आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
हिजो प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँतराई मधेस द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर र बारा गएका थिए।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।
63
Shares
प्रतिक्रिया