ad ad

राजनीति


टीआरसी प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइँदै

टीआरसी प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाइँदै

फाइल तस्बिर


नेपालखबर
साउन २३, २०८१ बुधबार ९:३०, काठमाडौँ

बेपत्ता छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न बनेको विधेयक (टीआरसी) सम्बन्धमा सहमति जुटाएको तीन दलीय कार्यदलले आफ्नो प्रतिवेदन आज प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाउने भएको छ।

कार्यदलका सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अहिले बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउने कार्यक्रम छ। 

‘आज हामी शीर्ष नेतालाई प्रतिवेदन बुझाउँदै छौँ’, बर्ताैलाले नेपालखबरसँग भने, ‘यसपछि कानुन पारितको प्रक्रिया अघि बढ्छ।’

टीआरसी कार्यदलमा गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सदस्य छन्। 

टीआरसीका विवादित विषयमा कार्यदलले यही साउन १७ गते सहमति जुटाएको थियो। 

जसमा द्वन्द्वकालीन समयमा नियतवश वा स्वेच्छाचारी तरिकाले भएका हत्यालाई गम्भीर मानवअधिकार उल्लंघनमा राख्ने उल्लेख छ।

यस्तै यौनजन्य घटनालाई पनि गम्भीर अपराधमा समेटिएको छ।

अनि बहिर्गमित लडाकु र द्वन्द्वबाट प्रभावित सुरक्षाकर्मीका परिवारलाई पनि राहत परिपूरणको व्यवस्था गर्ने सहमति भएको छ।

कार्यदलले पीडित र पीडकबीच मेलमिलाप हुन नसकेको खण्डमा महान्याधिवक्तामार्फत र अन्यको हकमा आयोगले मेलमिलाप हुन नसकेको जानकारी दिएपछि व्यक्तिले न्यायिक उपचार खोज्न सक्ने विकल्प पनि खुला राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .