ad ad

राजनीति


टीआरसी विधेयक आज संसदीय समितिबाट पारित गर्ने तयारी

यस्तो छ टीआरसी विधेयकमा दलहरूबीच भएको सहमति
टीआरसी विधेयक आज संसदीय समितिबाट पारित गर्ने तयारी

नेपालखबर
साउन २४, २०८१ बिहिबार १०:१३, काठमाडौँ

सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक आज (बिहीबार) संसदीय समितिबाट पारित गर्ने तयारी गरिएको छ।

उक्त विधेयकका विवादित बुँदामा सहमति जुटाएको तीन दलीय कार्यदलले आफूले तयार पारेको प्रतिवेदन बुधबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष बुझाएको थियो।

तीन दलका शीर्ष नेताबीच यसमा सहमति भएसँगै आज सो विधेयक प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकबाट पारित गर्न लागिएको हो। 

यसका लागि अहिले बिहान ११ बजे समितिको बैठक बस्दै छ। 

२०७९ फागुन २५ मा प्रतिनिधिसभामा दर्ता भएर १७ महिनादेखि समितिमा अलपत्र विधेयकमा प्रमुख तीन दल सम्मिलित कार्यदलले सहमति जुटाएर शीर्ष नेतालाई बुधबार प्रतिवेदन हस्तान्तरण गरेको हो। 

विधेयक समितिबाट आजै पारित हुने अपेक्षा गरिएको छ। समितिबाट पारित भएपछि विधेयक यही साउन गामी २९ गते बस्ने प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी छ। 

यो पनि : टीआरसी विधेयकमा दलहरूबीच जुटेको सहमतिमा के छ? (पूर्णपाठसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .