ad ad

राजनीति


माओवादी जनयुद्धबारे पूर्णबहादुर खड्काको प्रतिवेदनमा हेरफेर, अनावश्यक र विध्वंशकारी भन्ने शब्द हटाइयो

माओवादी जनयुद्धबारे पूर्णबहादुर खड्काको प्रतिवेदनमा हेरफेर,  अनावश्यक  र विध्वंशकारी  भन्ने शब्द हटाइयो

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८१ बिहिबार १४:५४, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माओवादी जनयुद्धबारे महासमिति बैठकमा राखेको धारणा परिवर्तन भएको छ। 

गत फागुनमा भएको नेपाली कांग्रेसको महासमिति बैठकमा खड्काले प्रतिवेदन पेस गर्दै माओवादी जनयुद्धलाई ‘कथित, अनावश्यक र विध्वंशकारी’ भनेका थिए।

खड्काको उक्त धारणा सार्वजनिक भएपछि नेकपा माओवादी केन्द्रले तीव्र असन्तुष्टि जनाएको थियो। त्यसलाई समेत ख्याल गर्दै खड्काले आफ्नो प्रतिवेदनमा प्रयोग भएको भाषा परिमार्जन गरेका हुन्।

बुधबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति समिति बैठकमा प्रतिवेदनलाई परिमार्जित गरेर पेस गरिएको छ। 

खड्काको परिमार्जित प्रतिवेदनमा पहिले प्रयोग भएका ती शब्दहरू हटाइएको छ। 

महासमिति बैठकमा पेस भएको धारणा परिर्माजित प्रतिवेदनमा प्रयोग भएको भाषा
कथित र अनावश्यक सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र सम्वृद्धिको त्यो यात्रा अवरुद्ध भयो। ध्वंश विध्वंशहरू भए। विकास संरचना भत्किए र थप विकास अवरुद्ध भयो। यति धेरै क्षति हुने गरी यो विध्वंशको आवश्यकता थिएन।  सशस्त्र हिंसाको राजनीति सुरू भयो। सशस्त्र द्वन्द्वको नाममा मुलुक फेरि अर्को दलदलको भासमा फस्यो। विकास र समृद्धिको त्यो यात्रा अवरुद्ध भयो। सशस्त्र द्धन्द्धको कारणले विकासका कतिय संरचना तथा योजनाहरु तहसनहस भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .