ad ad

राजनीति


सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (तस्बिरहरू)

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक (तस्बिरहरू)

सरोज बैजु
साउन २४, २०८१ बिहिबार १४:२८, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ। बैठक सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरू भएको हो। 

बुधबारदेखि सुरू भएको बैठकमा विभिन्न ११ एजेन्डा पेस भएका थिए। पहिलो नम्बरमा महासमिति बैठकबाट पारित प्रस्ताव राखिएको छ।

त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, अनुशासनको कारवाहीका लागि भएका सिफारिसलगायतका विषय राखिएको छ।

त्यस्तै, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपूर्ति, भ्रातृ संघ तथा शुभेच्छुक संस्था र निर्देशक समितिलगायत कार्यसम्पादनका निर्णयका सम्बन्धमा पनि बैठकमा छलफल गर्ने तय भएको छ।

क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संशोधन प्रस्ताव लगायतका विषय पनि बैठकको एजेन्डामा राखिएका छन्। 

ती एजेन्डामा छलफल भएपछि बैठकबाट निर्णय लिइने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .