ad ad

राजनीति


टीआरसी सम्बन्धी विधेयक पीडितमैत्री : मन्त्री चौरसिया

टीआरसी सम्बन्धी विधेयक पीडितमैत्री : मन्त्री चौरसिया

नेपालखबर
साउन २४, २०८१ बिहिबार १६:४०, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमति जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा दलहरूका बीचमा सहमति जुटेसँगै देशलाई दिगो शान्तिको बाटो दिएको बताएका हुन्।

उनले दलहरूका बीचमा भएको सहमति अनुरुप आएको विधेयक पीडितमैत्री भएको बताए। उनले विधेयकले पीडितलाई न्याय दिने दाबी गरे।

मन्त्री चौरसियाले विधेयकले सर्वोच्च अदालतले उठाएको विषयलाई समेटिएको बताए।

त्यस्तै, मानव अधिकारको उल्लंघन र मानव अधिकारको गम्भीर उल्लंघन, पीडितलाई परिपूरण दिने लगायतका सबै विषय पीडितमैत्री भएर आएको उनको भनाई छ।

उनले भने, ‘संक्रमणकालीन न्यायको कुरा गर्दा सर्वोच्च अदालतले उठाएका विषयहरूलाई यस कार्यदलले सम्बोधन गरेको छ। मानव अधिकारको उल्लङ्घन र गम्भीर उल्लङ्घनको सवालमा, पीडितलाई न्याय दिनको लागि गल्ती गर्नेलाई सजाय दिनेकुरा, स्वतन्त्र सहमतिपछि पीडितलाई परिपुरण गर्ने कुरा लगायतका विविध सवालमा यो कार्यदलले मेहनत गरेर कानुनलाई अन्तिम रुप दिने प्रयास गरेको छ।’

मन्त्री चौरसियाले देशमा पुनः द्वन्द्व हुन नदिनका लागि प्रयास भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .