ad ad

राजनीति


साउन २८ सम्म चल्ने भयो कांग्रेस बैठक

साउन २८ सम्म चल्ने भयो कांग्रेस बैठक

नेपालखबर
साउन २४, २०८१ बिहिबार १९:३३, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक साउन २८ गतेसम्म चल्ने भएको छ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठक साउनको २८ गतेसम्म सञ्चालन हुने भएको हो।

बिहीबारको बैठकपछि सञ्चरकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बैठकमा बुधबार प्रस्तुत भएका ११ वटा एजेन्डामाथि पार्टीका प्रदेश प्रमुख र केन्द्रीय समितिका सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको बताए।

उनले भने, ‘हिजो ११ वटा एजेन्डा छलफलका लागि प्रस्तुत भएका थिए। तिनै विषयमा आज प्रदेशका प्रदेश प्रमुखले बोल्नुभयो। केन्द्रीय समितिका साथीहरूले पनि बोल्न थाल्नुभएको छ। भोलि र पर्सि पनि यो बैठकले निरन्तरता पाउँछ। २८ गतेसम्म बैठक टुंग्याउने गरी छलफल अघि बढेको छ। जुन संरचनाको जिम्मेवारीमा साथीहरू हुनुहुन्छ, त्यसको बारेमा बोल्नु स्वाभाविक नै भयो।’ 

प्रवक्ता महतले प्रदेश प्रमुखहरूले संविधानले दिएको अधिकार प्रयोग गर्न नपाएकोबारे गुनासो गरेको पनि जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .