नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरदेखि पदाधिकारी बैठक बसिरहेको कार्यालयका सचिव डोर प्रसाद उपाध्यायले नेपालखबरलाई जानकारी दिए।
माओवादीको स्थायी समिति बैठक पनि आजै बस्दैछ। स्थायी समिति बस्नुअघि पदाधिकारी बैठक बसिरहेको उपाध्यायले बताए।
‘आजै बस्ने स्थायी समिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक चलिरहेको छ,’ उनले भने।
उपाध्यायका अनुसार, दिउँसो ४ बजेका लागि स्थायी समिति बैठक बोलाइएको छ।
60
Shares
प्रतिक्रिया