ad ad

राजनीति


हवाई सुरक्षाबारे मन्त्री पाण्डेद्वारा रक्षामन्त्री र सेनासँग छलफल

हवाई सुरक्षाबारे मन्त्री पाण्डेद्वारा रक्षामन्त्री र सेनासँग छलफल

नेपालखबर
साउन २७, २०८१ आइतबार २०:२०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधारका विषयमा रक्षामन्त्री मानवीर राई, कायममुकायम प्रधानसेनापति अशोक सिग्देलसँग छलफल गरेका छन्।

नेपाली सेनाका अधिकारीहरूसँग तालिम, व्यवस्थापन र अवलम्बन गरेका असल अभ्यासका विषयमा छलफल भएकाे मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।

त्यस क्रममा भौगोलिक विविधता र मौसमी कारणले हुने दुर्घटनाको अन्त्य गर्नका लागि ठाउँठाउँमा मौसमी सूचनाबारे जानकारी लिन आधुनिक प्रविधि जडान गर्नुपर्ने सुझाव सैनिक अधिकारीहरूले दिएका छन्। हवाई सुरक्षाका लागि समग्र प्रणाली र नियम-कानुनमा कमी-कमजोरी नभएको तर कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने सेनाको सुझाव छ।

त्यसैगरी धेरै उडान हुने ठाउँमा हेलिप्याड बनाउनुपर्ने, नागरिक उड्डयन प्राधिकरण (क्यान), अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) र नेपाली सेनाको संयुक्त समिति बनाएर हवाई सुरक्षाका सन्दर्भमा नियमित छलफल, अध्ययन, अनुसन्धान र अनुगमन गर्न सकिने प्रस्ताव पनि सेनाले राखेको छ।

नेपाली सेनाको हवाई सेवा उत्कृष्ट रहेकाले नागरिक उड्डयनलाई कसरी सुरक्षित पार्न सकिन्छ भन्ने विषयमा मन्त्री पाण्डेले सुझाव मागेका थिए।

हालै भएका दुर्घटनाको छानबिन समिति गठन भए पनि अध्ययन प्रतिवेदन आउन बाँकी नै छ।

एक महिनामा एउटा जहाज र एउटा हेलिकप्टर दुर्घटना भएपछि मन्त्री पाण्डेले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरू, पूर्वमन्त्रीहरू र उड्डयनविज्ञहरूसँग उड्डयन सुरक्षाबारे छलफल र परामर्श गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .