ad ad

राजनीति


माओवादी केन्द्रीय बैठक असोजको पहिलो साता

माओवादी केन्द्रीय बैठक असोजको पहिलो साता

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १८:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले असोजको पहिलो हप्ता केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असोजको पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो।

केन्द्रीय कमिटी बैठकअगाडि सबै प्रदेशमा जनवर्गीय संगठन, मोर्चा, सल्लाहकार समिति र आयोगहरूको परामर्श समिति बैठक बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रदेशका बेठकहरूमा अध्यक्षदेखि उपमहासचिवसम्मका पदाधिकारीहरू उपस्थित हुने उनले बताए।

बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते, गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्ने बताउनु भयो । उहाँका अनुसार ३ वटा केन्द्रिय आयोगको १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चको २९ र ३० गते र जवस, मोर्चाहरुको २७ र २८ गते बैठक बस्नेछ । प्रवक्ता सापकोटाले प्रदेशहरुको बैठक सकिएपछि भारत, मध्यपूर्व प्रदेश र युरोप अमेरिका प्रदेशको पनि बैठक बस्ने जानकारी पनि सापकोटाले दिए।


प्रवक्ता सापकोटाले बैठकले सदन, सडक र माओवादी केन्द्रको नेतृत्व रहेको १२२ स्थानीय तहमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको जानकारी पनि दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .