ad ad

राजनीति


राप्रपा अध्यक्ष लिङ्देन अस्ट्रेलिया प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन अस्ट्रेलिया प्रस्थान

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार ११:४८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भगिनी संस्था प्रवासी नेपाली संगठनको निमन्त्रणामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन अस्ट्रेलियाको मेलबर्न प्रस्थान गरेका छन्।

मेलबर्नलगायत अस्ट्रेलियाका विभिन्न नगरमा हुने संगठनका कार्यक्रममा सहभागी हुन गए राति उनी त्यसतर्फ प्रस्थान गरेको पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देनले मेलबर्नमा पार्टी सम्बद्ध प्रवासी नेपाली संगठन पानस अस्ट्रेलियाको भेलालाई सम्बोधन र नेपाली समुदायसँग भेटघाट एवं अन्तर्क्रिया गर्नेछन्।

एडिलेडमा नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया तथा सिड्नीमा एनआरएनए, झापाली समाजलगायत विभिन्न संघसंस्थासँग अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए।

अध्यक्ष लिङ्देनका साथ पार्टीको प्रवास विभाग प्रमुख आनन्द अधिकारी र केन्द्रीय सदस्य हिक्मतजंग कार्की छन्। 

उनी भदौ १० गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .