ad ad

राजनीति


नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट! भ्रष्टाचारको मुद्दामा हदम्याद मान्दैनौँ : रवि

नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट! भ्रष्टाचारको मुद्दामा हदम्याद मान्दैनौँ : रवि

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १३:४१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद राख्न नहुने बताएका छन्। 

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले आफ्नो पार्टी ५ वर्षे हदम्यादको विक्षमा प्रष्ट रहेको बताए। 

‘कतै यो पास हुने त होइन, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लाग्ने त होइन भन्ने चिन्ता रहेछ। म सिंगो सदन र देशलाई जानकारी गराउन चाहन्छु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद लागू हुनेछैन। नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट! ५ वर्षे लागू हुने छैन,’ सभापति लामिछानेले भने।

उनले हिजो साँझदेखि अहिलेसम्म विभिन्न युवाहरूले यही विषयलाई लिएर २ हजारभन्दा बढी फोन आफ्नो मोबाइलमा आएको बताए। 

‘हिजो साँझदेखि अहिलेसम्म मेरो टेलिफोनमा लगभग २ हजार भन्दा बढी टेलिफोन कल आएका छन्। अधिकांश युवाहरूले फोन गरेका छन्। सामाजिक सञ्जालमा एउटा भिडिओ बनेको रहेछ, जहाँ युवाहरूले चिन्ता व्यक्त गरेका रहेछन्,’ सभापति लामिछानेले भने, ‘भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद हुनका लागि सचेत हुन भिडिओ बनाइएको रहेछ। त्यहाँ यी मान्छेहरू समितिमा छन्, उनीहरूलाई कल गर्नू भनेर भनिएको रहेछ। लगभग १ डेढ सय फोन मैले रिसिभ पनि गर्न भ्याएँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .