ad ad

राजनीति


प्रधानमन्त्रीको प्रश्न– त्रिविमा आफैँ अशान्ति गराउने, अनि शान्ति भएन भन्ने?

प्रधानमन्त्रीको प्रश्न– त्रिविमा आफैँ अशान्ति गराउने, अनि शान्ति भएन भन्ने?

नेपालखबर
भदौ ६, २०८१ बिहिबार १६:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नमच्चाउन आग्रह गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहधसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरूमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन्। 

उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने पनि बताए। 

विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने? भन्दै प्रतिप्रश्न गरे।

‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन। आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने?’, ओलीले भने, ‘शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने। विश्वविद्यालय, महाविद्यालयहरू शान्ति क्षेत्र हुनुपर्ने। ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने? त्यस खालका तरिकाहरू हरेकले छोड्नुपर्छ। र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .