ad ad

राजनीति


आज राष्ट्रिय सभाका २ र प्रतिनिधि सभाका २ समितिको बैठक

आज राष्ट्रिय सभाका २ र प्रतिनिधि सभाका २ समितिको बैठक

नेपालखबर
भदौ १६, २०८१ आइतबार ११:९, काठमाडौँ

संसदका विभिन्न समितिको बैठक आज बस्दैछ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठक बिहान ९ बजेदेखि बसिरहेको छ। 

समितिले आजको बैठकमा बैंकिङ र तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल भइरहेको हो।

प्रतिनिधि सभाकै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ। 

सार्वजनिक सेवा प्रशारण विधेयक, २०७७ का सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथी छलफल गर्ने बैठकको कार्यसूची छ।  

राष्ट्रिय सभा अन्तर्गत दुईवटा समितिको बैठक पनि आजका लागि बोलाइएको छ। 

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आज बौद्ध तथा मेलम्ची घ्याङ् गुठीको पुजारी, भेटी एवम् चलअचल सम्पत्ति व्यवस्थापन, उपयोग र उक्त गुठीको उजुरी सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। 

बैठक बिहान ११ बजेका लागि बोलाइको छ। 

यस्तै, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक साढे ११ बजे बस्दैछ। आजको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ मा सैद्धान्तिक छलफल हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .