ad ad

राजनीति


‘कोशी’ नाम पुनः मूल्यांकन गर्न प्रदेश सांसद चापागाईंको माग

‘कोशी’ नाम पुनः मूल्यांकन गर्न प्रदेश सांसद चापागाईंको माग

नेपालखबर
भदौ १६, २०८१ आइतबार १५:४२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका प्रदेश सांसद दुर्गा चापागाईंले कोशीको प्रदेश नामकरण पुनर्मूल्यांकन हुनुपर्ने माग गरेका छन्। 

प्रदेशसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले उक्त माग गरेका हुन्। 

‘म बहुपहिचानका आधारमा प्रदेश को पुनर्नामकरणको निम्ति अघि बढन माननीय सभामुखमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु’, उनले आइतबारको प्रदेशसभामा भने। 

प्रदेश नामकरणपछि उत्पन्न समस्या र निकासबारेमा तत्कालीन अवस्थामा नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरुले विज्ञप्ति नै जारी गरेर जनभावनाअनुसार प्रदेशको पुनः नामकरण गरौँ भनेको समेत उनले स्मरण गरे। 

‘नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरूले विज्ञप्ति नै जारी गरेर जनभावना अनुसार प्रदेशको पुनःनामांकरण गरौँ भन्नु भएको थियो,’ सांसद चापागाईंले भने, ‘हाम्रो पार्टी माओवादी केन्द्रको स्थायी समितिले कोसी नाम राखेर गल्ती भयो भनेको सन्दर्भ र नेकपा एकीकृत समाजवादीको फरक मत समेत राखेर त्यही कुरा भनेको थियो।’

माओवादी केन्द्रको स्थायी समितिले नामकरणमा गल्ती भयो भनेको र नेकपा एकीकृतले फरक मत समेत राखेको स्मरण गर्दै उनले कोशी नामकरणमा पुनः मूल्यांकन हुनुपर्ने बताए। 

उनले अघि थपे, ‘प्रदेश नामाकरणले उत्पन्न गरेको  समस्या हल गर्ने उपयुक्त समय यही हो किन कि दुईतिहाई बहुमतको सरकार तपाईंहरूसँग छ प्रमुख प्रतिपक्ष सहित विपक्षी दलहरुले निसर्त तपाईंहरूलाई साथ दिन तयार छन्। त्यसैले म बहुपहिचानका आधारमा प्रदेशको पुननामाकरणका निम्ति अघि बढन ध्यान आकृष्ट गर्न चाहन्छु।’

२०७९ फागुन १७ गते प्रदेशसभाबाट दुई तिहाइ बहुमतले प्रदेश १ को नाम ‘कोशी’ पारित गरेको थियो। कोशी नामको पक्षमा ८२ र विपक्षमा ४ मत मात्रै परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .