नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेर अघिबाट बैठक चलिरहेको हो।
आजको बैठकबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने तयारी भएको बताइएको छ।
यसअघि बोलाइएको बैठक महामन्त्रीद्वयसँग छलफल गर्ने भन्दै सभापति शेरबहादुर देउवाले सारेका थिए। यसबीचमा देउवाले पटक पटक महामन्त्रीद्वयसँग छलफल पनि गरेका थिए।
गत साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महासमिति बैठकमा पेस भएका प्रतिवेदनहरू पास गर्नुपर्नेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका विषयबारे कांग्रेसमा केही मतभिन्नताहरू छन्।
चुनावी गठबन्धन, एक्जिट पोलिसी लगायतका विषयमा विवाद भएपछि सभापति देउवाले मंगलबार बिहान उपसभापति र महामन्त्रीद्वयसँग छलफल गरेका थिए।
123
Shares
प्रतिक्रिया