ad ad

राजनीति


सरकारको नेतृत्व गरेयता एमालेको पहिलो पोलिट्ब्युरो बैठक आजदेखि

सरकारको नेतृत्व गरेयता एमालेको पहिलो पोलिट्ब्युरो बैठक आजदेखि

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८१ मंगलबार ८:१८, काठमाडौँ

नेपाली कांग्रेससँग मिलेर सरकारको नेतृत्व गरेयता नेकपा एमालेको पहिलोपटक पोलिट्ब्युरो बैठक बस्दै छ। 

बैठक दिउँसो १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु हुने एमाले पोलिट्ब्युरो सदस्य शेरबहादुर तामाङले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोड्दै एमालेले गत असार १७ गते कांग्रेससँग नयाँ गठबन्धन बनाएको थियो भने असार ३० गते केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसयता एमालेका अन्य बैठक बसे पनि पोलिट्ब्युरो बैठक बसेको थिएन। 

‘हामीले सरकारको नेतृत्व गरेपछि पहिलोपटक पोलिट्ब्युरो बैठक बस्न लागेको हो’, उनले भने, ‘मूलतः पार्टीकै संगठनात्मक विषयमा छलफल हुनेछ भने सरकारका काम कारबाहीबारे पनि पक्कै छलफल चल्ला।’ 

उनका अनुसार सचिवालय बैठकले २०८४ सालसम्मका लागि तयार पारेको योजनाबारे विस्तृत छलफल हुनेछ भने बाँकी रहेका जिल्ला, पालिका र वडा अधिवेशन, सदस्यता र संगठन विस्तार अभियानबारे छलफल हुनेछ। 

बुधबारसम्म चल्ने पोलिट्ब्युरो बैठकले २०८४ सम्मकै ठोस कार्ययोजना बनाउने पोलिट्ब्युरो सदस्य तामाङले जानकारी दिए। 
एमालेको पोलिट्ब्युरो कमिटी ९० सदस्यीय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .