ad ad

राजनीति


मन्त्री पद नै लिलाम गर्ने प्रदेश संरचना भंग गरौँ : सांसद कार्की

मन्त्री पद नै लिलाम गर्ने प्रदेश संरचना भंग गरौँ : सांसद कार्की

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १५:१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रदेश संरचनालाई भंग गर्नुपर्ने बताएकी छन्।

मंगलवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले प्रदेश संरचना र सरकारलाई भंग गर्नुपर्ने बताएकी हुन्।

उनले सुदूरपश्चिम प्रदेशमा बजेट पारित हुन नसक्दा समस्या उत्पन्न भएको बताइन्।। त्यस्तै गण्डकी प्रदेशमा मन्त्री पद नै लिलामीमा चढेको भन्दै उनले प्रदेश संरचना सेतो हात्ती बनेको टिप्पणी गरिन्।

उनले प्रदेश संरचना सेतो हात्तीको रुपमा पाल्न नहुने बताइन्।

उनले भनिन् – ‘सुदूरपश्चिम प्रदेशमा बजेट पारित गर्न नसकेर कर्मचारीहरुले दसैँको मुखमा तलव पनि खान पाएका छैनन्। स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि त्यहाँबाट सामानहरू उधारो लिएर काम चलाउनु परेको छ। गण्डकी प्रदेशमा त मन्त्रीको पद नै लिलामीमा चढ्यो। यो के हो? त्यसैकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशको सरकार, प्रदेशस्तरलाई भंग गरौँ, सेतो हात्ती नपालौँ भनेको छ। हामीहरुले यस्तो खालका गाइजात्रा हेर्नु नपरोस्।’

सांसद कार्कीले गण्डकी प्रदेशमा एक मन्त्रीले वन मन्त्रालयमा तीतेपाति र वनमाराहरू हेर्न म जान्न भन्ने अभिव्यक्ति दिएको भन्दै सो अभिव्यक्तिले मन्त्रिपरिषद्को अपमान भएको बताइन्।

उनले भनिन्, ‘मन्त्रीज्यूले वन मन्त्रालय दिदाँखेरी त्यहाँ त तीतेपाती र वनमाराहरू हेर्न म जान्नँ भनेर भन्नुभएछ। के वन मन्त्रालयमा तितेपाति र वनमारा मात्रै देखिन्छ? यो त एक प्रकारले मन्त्रिपरिषद्को पनि अपमान भएको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .