ad ad

राजनीति


एमाले पोलिटब्युरो बैठकको दोस्रो दिन, वार्षिक कार्ययोजनामाथि छलफल

एमाले पोलिटब्युरो बैठकको दोस्रो दिन, वार्षिक कार्ययोजनामाथि छलफल

नेपालखबर
भदौ १९, २०८१ बुधबार १३:१७, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी पोलिटब्युरो समितिको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

एमाले पोलिटब्यूरो बैठक मंगलबारदेखि सुरु भएको हो। जारी बैठकमा समसामयिक विषयवस्तु, पार्टीको कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको छ। 

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। सो कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल हुने पार्टी प्रचार विभागले जनाएको छ। 

त्यस्तै, बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .