ad ad

राजनीति


कोरोनाविरुद्ध सहयोग गर्न ‘दाजु’ भन्दै आग्रह गरेपछि सीले सर्बिया पठाए विशेष टोली

कोरोनाविरुद्ध सहयोग गर्न ‘दाजु’ भन्दै आग्रह गरेपछि सीले सर्बिया पठाए विशेष टोली

नेपालखबर
चैत ९, २०७६ आइतबार ८:४,

चीनको विदेश मन्त्रालयले शनिबार चिनियाँ टोली सर्बिया प्रस्थान गरेको बताएको छ।

सर्बियाले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संकटकाल लगाइसकेको छ। चीनमा भने पछिल्लो सयम कोरोना संक्रमित र मृतक दर घट्दै गएको छ।

गतहप्ता सर्बियाका राष्ट्रपति अलेक्सान्द्र वुचिचले कोरोनाविरुद्ध लड्न चीनसँग सहयोग मागेका थिए। सर्बियाको आग्रहसँगै चीनले आफ्नो टोली पठाएको हो।

स्वास्थ्य उपकरण नदिएको भन्दै वुचिचले यसअघि युरोपेली संघको चर्को आलोचना गरेका थिए।

Image may contain: 1 person, airplane

वुचिचले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्रमा ‘दाजु’ समेत भनेका थिए।

चीनसँग सहयोग मागेपछि विचिचले भनेका थिए,‘मैले राष्ट्रपति सीलाई पत्र पठाएको छु। पत्रमा मैले पहिलो पटक औपचारिक रुपमै उहाँलाई प्रिय मित्र मात्र होइन दाजु पनि भनेको छु। मैले उहाँलाई व्यक्तिगत मात्र होइन यो देशको मित्र र भ्राता पनि भनेको छु।’

सर्बियामा हालसम्म १८८ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ एक व्यक्तिको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .