ad ad

राजनीति


वाग्मती प्रदेशको कोरोना नियन्त्रण तथा उपचार कोषमा ५० करोड

वाग्मती प्रदेशको कोरोना नियन्त्रण तथा उपचार कोषमा ५० करोड

नेपालखबर
चैत १७, २०७६ सोमबार १४:५८,

वाग्मती प्रदेश सरकारले प्रदेशको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम थप गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले कोषमा रु ५० करोड जम्मा गर्ने निर्णय गरेको हो। प्रदेश सरकारको रु १० करोड रकममा शुरु भएको कोषलाई बढाएर रु ५० करोड पु¥याउन लागिएको हो।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मुख्यमन्त्री निवास चैकीटोल हाइटमा बसेको बैठकले कोरोना नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

बैठकले प्रदेशमा कोरोनाविरुद्धको गतिविधिलाई सशक्त बनाउन प्रदेशमा भएका सबै ६६ वटै निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्व तथा समानुपातिक सदस्य एवं स्थानीय तहका प्रतिनिधि, राजनीतिक दललगायतलाई समेत समेटेर अनुगमन समिति बनाउने निर्णय गरेको मन्त्री ढुंगेलले बताए।

बैठकले कोरोना नियन्त्रण अभियानका क्रममा भएगरेका गतिविधिका बारेमा जानकारी आदानप्रदान गराउन संयन्त्र बनाउने निर्णयसमेत गरेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .