ad ad

राजनीति


संकटका नाममा भ्रष्टाचारीले उन्मुक्ति पाउनुहुन्न : कांग्रेस प्रवक्ता

संकटका नाममा भ्रष्टाचारीले उन्मुक्ति पाउनुहुन्न : कांग्रेस प्रवक्ता

नेपालखबर
चैत १८, २०७६ मंगलबार ७:१३,

 नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संकटका नाममा भ्रष्टचारीले उन्मुक्ति पाउन नहुने बताएका छन्।

सरकारले कोरोना विरुद्ध लड्न चीनबाट ल्याएका स्वास्थ सामग्रीमा भ्रष्टाचार भएको भन्दै उनले संकटका नाममा कसैलाई पनि भ्रष्टाचार गर्ने छुट नभएको बताएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत अख्तियारका नाममा स्मृति पत्र लेख्दै प्रवक्ता शर्माले अनियमितताको बारेमा जानकारी लिनु अख्तियारको दायित्व भएको भन्दै ध्यानाकर्षण समेत गराएका छन्।

उनले संकटका बेला सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको जनाउँदै सरकारको अहोरात्र मेहनतको प्रशंसा गर्नुपर्ने बताएका छन्।

‘अख्तियारलाई ‘स्मृति पत्र’ संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व । साथ दिरहँदा अनियमितता नोटिसमा लिन अख्तियारको दायित्व ध्यानाकर्षण। अहोरात्र जारी मेहनतलाई प्रोत्साहित गरौं, तर, संकटको नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न’, सामाजिक सञ्जाल ट्विटरमा प्रवक्ता शर्माले लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .