ad ad

राजनीति


स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन

स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन

नेपालखबर
चैत १८, २०७६ मंगलबार १६:८,

सरकारले स्वास्थ्य सेवाका कर्मचारीलाई विदामा नबस्न निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभागले मंगलबार सूचना प्रकाशित गरी कर्मचारीहरु विदामा बस्ने उपचारमा संलग्न नहुने गरेको जानकारी आएको हुँदा त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण अन्य बिरामीको समेत उपचार नगर्ने तथा स्वास्थ्यकर्मीहरु विदामा बस्ने गरेको समाचार सार्वजनिक भएपछि विभागले कडाई गरेको हो।

‘विश्व्यापी महामारी भएको यस्तो अवस्थामा अन्य सबै स्वास्थ्य सेवाहरु सुचारु गर्नका लागि कुनै पनि कर्मचारी विदामा तथा काजमा नछोड्न र नियमित उपस्थित हुन’ विभागद्वारा निर्देशन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .