कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले क्वारन्टिनमा बसेका आप्रवासी कामदारले पूरै तलब पाउने बताएको छ।
मन्त्रालयले ती कामदारका लागि मंगलबारबाट हटलाइन सेवा समेत सञ्चालन गरेको छ। कामदारले आफ्नो समस्या ९२७९७ मा ५ लेखी आफ्नो कतारी आईडी नम्बर अथवा भिसा नम्बर हालेर म्यासेज पठाउन सक्नेछन्।
कामदारको समस्या सल्ट्याउन यो सेवा सुरु गरिएको मन्त्रालयको सहायक सल्लाहकार मुहम्मद हसन अल ओबैदलीले पत्रकार सम्मेलनमा बताए।
त्यस्तै कोरोना भाइरसका कारण कतारबाहिर रहेका कामदारको सकिएको भिसा भाइरसको महामारी रोकिएपछि आफैँ नवीकरण हुने र कामदारले बिनाजरिवाना कतार आउन पाउने पत्रकार सम्मेलनमा बताइएको छ ।
3
Shares
प्रतिक्रिया