ad ad

राजनीति


आईएमएफसँग मागेको ऋणमा अमेरिकाले भिटो प्रयोग गर्ने बताएपछि इरान भड्कियो

आईएमएफसँग मागेको ऋणमा अमेरिकाले भिटो प्रयोग गर्ने बताएपछि इरान भड्कियो

नेपालखबर
बैशाख १, २०७७ सोमबार १०:३५,

गत महिना इरानका विदेशमन्त्री जाभेद जरिफले इरानमा कोरोनाका कारण अवस्था नाजुक भएको बताउँदै द्रुत आपतकालीन कोषका लागि ५ खर्ब ऋण आईएमएफले प्रदान गर्नुपर्ने आग्रह गरेका थिए।

गतहप्ताको बिहीबारमात्र अमेरिकाले इरानलाई ऋण सहायता प्रदान गर्न नहुने धारणा राखेको थियो।

अमेरिकाले इरानले कोरोनाविरुद्ध लड्न नभएर आतंकवादलाई शसक्त बनाउन उक्त सहयोग रकम खर्च गर्ने आरोप लगाएको थियो। अमेरिकाले इरानलाई आतंकवादको नेतृत्व गरिरहेको देश भएको र त्यहाँको सरकार भ्रष्ट भएको आरोप लगाएको थियो।

अमेरिकाले इरानलाई ऋण सहयोग प्रदान नगर्न आईएमएफमा भिटो प्रयोग गर्ने बताएको थियो।

अमेरिकाले इरानविरुद्ध अभिव्यक्ति दिएसँगै इरान अमेरिकासँग भड्किएको छ। इरानले अमेरिकासँग भिटो प्रयोग गर्ने अधिकार नभएको बताएको छ।

इरानले भनेको छ,‘अमेरिकासँग आइएमएफको नियमहरुमा भिटो प्रयोग गर्ने अधिकार छैन। हामीले वर्षौदेखि आइएमएफको सदस्यताको लागि शुल्क तिरेका छौं। हामी ऋण पाउन उपयुक्त छौं।’

अमेरिका र इरानबीचको सम्बन्ध यस वर्षको जनवरी महिनादेखि थप बिग्रिएको छ। अमेरिकाले जनवरीमा इरानको सैन्य कमाण्डर कासिम सुलेमानीलाई आतंकवादीको संज्ञा दिँदै ड्रोन आक्रमण गरेपछि इरान अमेरिकासँग निकै रुष्ट छ।

अमेरिकाले इरानलाई आर्थिक प्रतिबन्धहरु लगाएको छ। जसका कारण इरानसँग कयौं देशले व्यापार गर्न पाइरहेको छैन। अमेरिकाले इरानलाई युरिनियम प्रशोधन गर्न बन्द गर्नुपर्ने चेतावनी दिँदै आएको छ। तर इरानले उक्त कार्य रोकेको छैन। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .