ad ad

राजनीति


भावनामा बगेर निर्णय हुँदैन भन्ने सरकारलाई कमल थापाको सुझाब : यति भावनारहित हुनुभएन

भावनामा बगेर निर्णय हुँदैन भन्ने सरकारलाई कमल थापाको सुझाब : यति भावनारहित हुनुभएन

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ८:९,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारलाई भावनारहित नहुन सुझाब दिएका छन्।

सीमामा अड्किएका नेपालीलाई ल्याउने विषयमा भावनामा बगेर निर्णय नहुने बताएको सरकारले उपत्यका छाडेर फर्कनेहरुका विषयमा पनि भावनारहित भइरहेको अध्यक्ष थापाले आरोप लगाएका छन्।

अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा काम र खानवस्नको व्यवस्था नभएपछि उपत्यकाबाट हिँडेर घर फर्किरहेकाहरुप्रति सरकारको कुनै धारणा नआएको भन्दै ध्यानाकर्षण गराएका हुन्।

उनले उपत्यका छाडेर हिँड्नेहरुलाई यथास्थानमा अवश्यश्यक व्यवस्थापन गरी राख्न वा घरसम्म पुग्नका लागि सहयोग गर्न आग्रह गरेका छन्। उनले भावनामा नबग्ने भन्नुको अर्थ भावनाविहीन हुनु नभएको स्पष्ट पारेका छन्।

‘सरकार भावनामा बगेर निर्णय हुँदैन भन्छ। तर, काम नपाएर, खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिँडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन?’, अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘उनीहरुलाई सम्झाई–बुझाई आवश्यक व्यवस्था गरी यथास्थानमा राख्नोस् वा घरपुग्न सहयोग गर्नोस्। यति भावनारहित हुनुभएन।’

लकडाउनको अवधि लम्बिएसँगै उपत्यकाका विभिन्न नाकाबाट बाहिरिने संख्या ह्वात्तै बढेको छ। सरकारले केही दिन अगाडि दुईनका लागि उपत्यका छाड्ने व्यवस्था मिलाउने निर्णय गरेपनि केही बेरमै फिर्ता लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .