ad ad

राजनीति


टेकु अस्पतालका डा.पुनलाई सरकारले माग्यो स्पष्टीकरण, उनी भन्छन्ः कोरोनाबारे बोल्नु कसरी गल्ती?

टेकु अस्पतालका डा.पुनलाई सरकारले माग्यो स्पष्टीकरण, उनी भन्छन्ः कोरोनाबारे बोल्नु कसरी गल्ती?

नेपालखबर
बैशाख ६, २०७७ शनिबार ७:२७,

कोरोना भाइरसबारे सञ्चारमाध्यममार्फत निरन्तर जानकारी गराइरहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनलाई सरकारले स्पष्टीकरण माग गर्दै पत्र पठाएको छ।

कोरोनाका विषयमा डा. पुनले दिएका अभिव्यक्तिबारे स्पष्टीकरण माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टर पुनलाई पत्र पठाएको हो।

डाक्टर पुनले पनि आफूलाई स्पष्टीकरण माग गरेर पत्र पठाइएको सुनेको तर पाइनसकेकाे बताएका छन्। 

शनिबार दिउँसो डाक्टर पुनले नेपालखबरसँग भने, ‘मन्त्रालयबाट आएको होला तर मैले पाएको छैन।’

उनले आफूले कोरोना भाइरसका विषयमा ‘नीतिगत’ कुरा नगरी ‘टेक्निकल’ (प्राविधिक) कुरा मात्र मिडियामा गरेको बताए।

‘मन्त्रालयले गर्नुपर्ने काम मैले गरिदिएको छु, कोरोना भाइरसका बारेमा स्पष्ट पार्ने काम मात्र गर्दा किन स्पष्टीकरण सोधियो, मैले बुझेको छैन,’ डा. पुनले भने।

पछिल्लो दिन र्‍यापिड डाइग्नस्टिक टेस्ट र पीसीआर टेस्टका विषयमा मात्र आफूले बोलेको उनको भनाइ छ।

‘मलाई के-के आरोप लगाइयो, पत्र प्राप्त भइनसकेकाले भन्न सक्तिनँ, तर यस्तो बेला किन यसरी प्रतिशोध साँधियो मैले बुझेको छैन,’ उनले भने। 

आफू सुरुवाती चरणदेखि नै दिनरात नभनी कोरोना संक्रमितको उपचारमा खटिरहेकाे डा. पुन बताउँछन्।

‘कोरोनाबाट मानिस आत्तिने खतरा देखेर जनचेतना जगाउनु कसरी गलत भयो होला?’ उनको प्रश्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .