ad ad

राजनीति


अध्यादेशले राजपालाई कुनै असर गर्दैनः भण्डारी

अध्यादेशले राजपालाई कुनै असर गर्दैनः भण्डारी

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ११:२३,

राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले सरकारले ल्याएका दुई अध्यादेश बेमौसमी बाजा सावित भएको बताएका छन्।

मंगलबार एक विज्ञप्ति प्रकाशित गरी भण्डारीले ती अध्यादेशले राजपालाई कुनै असर नगर्ने पनि स्पष्ट पारे।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजपालाई फुटाएर नेकपामा विलय गराउन दल विभाजन सम्बन्धी अध्यादेश ल्याइएको भनेर कतिपयले चर्चा गरिरहेका बेला राजपा संयोजक भण्डारीले यसबाट राजपालाई कुनै असर नगर्ने दाबी गरेका हुन्।

‘राष्ट्रिय जनता पार्टी, नेपाल पहिचान, अधिकार र समावेशिताका लागि संघर्ष गर्ने पार्टी भएको र आफ्नो माग मुद्दाप्रति दृढ संकल्पित रहेकोले यसखाले निर्णयले पार्टीलाई कुनै प्रकारको असर नपर्ने जानकारी गराउँदछौं’ भण्डारीले विज्ञप्तिमा भनेका छन्।

राजपाले संवैधानिक परिषदमा विपक्षी दलको नेतालाई कमजोर बनाउने गरी ल्याइएको अध्यादेशले लोकतन्त्रलाई कमजो र बनाउने षडयन्त्र देखिएको भन्दै दुवै अध्यादेशको तिब्र बिरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .