सरकारले ल्याएको अध्यादेशहरूको खारेजीको माग राख्दै विवेकशील नेपाली दलले इ-अभियानको घोषणा गरेको छ।
यस अभियान अन्तर्गत घरमै बसेर तोकिएका नाराहरू प्लेकार्डमा लेखी त्यसको फोटोहरू सामाजिक सञ्जालमामा राखि आन्दोलन गरिएको छ।
उक्त अभियानमा विवेकशील नेपालीले आज ४ बजेदेखि अध्यादेशको विरोध गर्दै घरकै कौसी, आँगन अनि झ्यालबाट विभिन्न नाराहरु लेखेर ‘प्ले कार्ड’ बनाएर विरोध गर्न आवहान गरेको थियो। उक्त कार्यक्रममा सहभागी हुँदै सयौं नागरिकले सरकारको यो कदमको विरोध गरेका छन्।
विवेकशील नेपालीले आवश्यक परे सामाजिक दुरी कायम राख्दै सडक अभियान गर्ने समेत बताएको छ।
3
Shares
प्रतिक्रिया