ad ad

राजनीति


सभामुखलाई दिइयो समाजवादी र राजपा एकताको जानकारी

सभामुखलाई दिइयो समाजवादी र राजपा एकताको जानकारी

नेपालखबर
बैशाख ११, २०७७ बिहिबार १०:२,

जनता समाजवादी पार्टीका नेताहरुले नयाँ दल गठनबारे संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटालाई जानकारी दिएका छन्।

बुधबार राति समाजवादी पार्टी र राजपाबीच बुधबार राति एकता भएर नयाँ दल जनता समाजवादी पार्टी घोषणा गरिएको थियो।

बिहीबार जनता पार्टीका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए। यसअघि नै जनता समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिइसकेको छ।

 जनता समाजवादीले संघीय संसद सचिवालयलाई पत्र लेखेर एकताको बारेमा जानकारी दिएको हो।

एकतासँगै अब जनता समाजवादीका तर्फबाट संसदमा ३४ सांसदले प्रतिनिधित्व गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .