ad ad

राजनीति


लकडाउनका कारण मारमा परेकालाई राज्यमन्त्री मानन्धरको पहलमा निःशुल्क खाना

लकडाउनका कारण मारमा परेकालाई राज्यमन्त्री मानन्धरको पहलमा निःशुल्क खाना

नेपालखबर
बैशाख १९, २०७७ शुक्रबार ७:४१,

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा खाना खुवाउने अभियान जारी छ।

 लक डाउनका कारण नागार्जुन नगरपालिका र महानगरको वडा नम्बर १६ मा खाना नपाएका नागरिकहरुलाई खाना खुवाउने अभियान जारी रहेको छ। स्थानीय तहहरुले वितरण गरिरहेको राहतमा सहयोग गर्ने र खाना नपाएकाहरुलाई पनि सहयोग पु¥याउने भावनाले मेसमा खाना खुवाउने अभियान सुरु गरिएको राज्यमन्त्री मानन्धरले बताए।

नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले नगरक्षेत्रका १० वटै वडामा पहिलो चरणमा खाद्य सामग्री वितरण गरिएपनि दैनिक राहत बाँड्न समस्या भएकाले अहिले मेसबाट खाना खुवाइरहेको बताए। सानो भ¥याङ लगायतका ठाउँमा बेलुकीको समयमा पनि खाना खुवाइरहेको उनले बताए।

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले लक डाउन गरेको छ। लक डाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विभिन्न शहरमा कोठामा भाडामा बस्ने विद्यार्थीहरु समस्यामा परेका छन्। विभिन्न स्थानीय तहहरुले अहिले आफ्नो क्षेत्रमा रहेका नागरिकहरुलाई राहत वितरण गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .