ad ad

राजनीति


जनता जोगाऊ भनेर हामीले मोदी, सी र ट्रम्पलाई होइन केपी ओलीलाई नै भन्ने हो : महतो

जनता जोगाऊ भनेर हामीले मोदी, सी र ट्रम्पलाई होइन केपी ओलीलाई नै भन्ने हो : महतो

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार ११:२६,

जनता समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोलेले कोरोना भाइरस महामारी भएका कारण त्यसलाई मजाकका रुपमा नलिन सुझाब दिएका छन्।

शुक्रबार संसदको बजेट अधिवेशनलाई राष्ट्रिय जनता पार्टीका तर्फबाट संसदलाई सम्बोधन गर्दै सांसद महतोले यस्तो बताएका हहुन्।

‘कोरोना भनेको मजाक होइन, यो महामारी हो’, सांसद महतोले भने, ‘यो छैन छैन भनेर पुग्दैन, डब्ल्यूएचओले भनेको सुन्नुहोस्।’

उनले व्यापक परीक्षण नहुँदा कोरोनाबारेको तथ्य लुकाइएको त होइन भन्ने आशंका उब्जिएको भन्दै उनले जनतालाई जोगाउन आग्ह समेत गरे। 

सांसद महतोले शक्तिशाली देश अमेरिका र अस्ट्रेलियाजस्ता देशहरु समेत कोरोनाको महामारीमा निरीह बनेको भन्दै नेपालजस्तो देशले पूर्वतयारी गर्नुपर्ने बताए।

‘महामारीबाट जनतालाई जोगाउ भन्ने मेरो एउटा मात्रै माग हो’, उनले भने, ‘हाम्रा लाखौँ जनता विदेशमा छन्, संकटको बेला उसको रोजगारी खोसिएको छ, ऊ नेपाल फर्कन चाहन्छ। यो अवस्थामा सरकारले के गरिरहेको छ? सरकारले योजना बनाउनु पर्दैन, आफ्नो मातृभूमि पनि फर्कंन नपाउने?’

उनले जनता जोगाउने काम सरकारको भएको भन्दै मोदी, सी र ट्रम्पलाई नभई आफ्नै देशको प्रधानमन्त्रीलाई भन्नुपर्ने बताएका छन्।

उनले विदेशबाट फर्कनेहरुका लागि राख्ने उचित व्यवस्था गर्न आग्रह गरे। गरिब निमुखालाई राहत नपुगेको भए सरकारले उचित व्यवस्थापन गर्नुपर्ने र सरकारको ध्यान त्यहाँ केन्द्रित हुनुपर्ने बताए।

‘कहाँ जान्छ नेपाली जनता?, कसलाई माग्ने?, मोलीस्सँग माग्न जाने? कि सी जिनपिङसँग माग्न जाने? कि ट्रम्पसँग भाग्न जाने?’, उनले भने, ‘हामी त केपी ओलीजीलाई भन्ने हो हाम्रो प्रधानमन्त्रीलाई। हामीलाई जोगाऊ, जनतालाई बचाऊ भनेर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .