उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पठाएको पत्रमा शनिबार प्रतिक्रिया जनाउँदै सीले आवश्यक परे उत्तर कोरियालाई चीनले कोरोना प्रकोपविरुद्ध सहयोग गर्ने बताएको बीबीसीले जनाएको छ।
कोरोनाले ग्रस्त बनेको समयमा उत्तरले चीनको साथ दिएको बताउँदै सीले कोरोनाविरुद्ध डटेर लागेकोमा उत्तर कोरियालाई धन्यवाद ज्ञापन गरेका छन्।
किमले पठाएको पत्रमा चीनले कोरोनाविरुद्ध खेलेको भूमिका उल्लेखनीय रहेको बताइएको थियो। कोरोना प्रभाव रोक्न सकेकोमा किमले सीलाई बधाई दिएका थिए।
उत्तर कोरियामा हालसम्म एक जनामा पनि कोरोनाको संक्रमण देखिएको छैन। कोरोनाको प्रकोप बढेसँगै गत जनवरीमा उत्तर कोरियाले पहिलोपटक पर्यटकीयस्थल बन्द गरेको थियो। बीबीसी
प्रतिक्रिया