ad ad

राजनीति


भारतीय दूतावासअघि धर्ना दिने २२ मानव अधिकारकर्मी पक्राउ

भारतीय दूतावासअघि धर्ना दिने २२ मानव अधिकारकर्मी पक्राउ

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ६:५८,

नेपालस्थित भारतीय दूतावासमा धर्ना दिने मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा लैनचाेरस्थित दूतावासमा धर्ना दिन पुगेका मानवअधिकारकर्मी कृष्ण पहाडी, उत्तम पुडासैनी लगायत २२ जना पक्राउ परेका हुन्।

उनीहरुलाई सोह्रखुट्टे प्रहरी वृत्तमा लगिएको काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्रसिंह राठौरले बताए।

‘मानव अधिकारकर्मी तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनीलगायत अधिकारकर्मीहरु बटुकृष्ण ढुंगेल, बलबहादुर गाहा मगर, रामकृष्ण बराल, गीता तिमल्सिना, जगन्नाथ पुडासनैनी, चन्द्रमणी बञ्जरा, नानिकाजी गिरी, ईश्वर पुडासैनी, अमृतजंग महत, विकास थापा, भगवान पुडासैनी, रामहरी श्रेष्ठ, उमा गौतम, लक्ष्मी राना पुडासैनी, माया भट्टराई, ज्ञानहरी ढुंगाना, सुरज बोहरा, हरिचन्द्र पुडासैनी, ललित पुन र धिरेन पुनसहित २२ जनालाई गिरफ्तार गरेको छ,’ शान्ति समाजद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विरोध प्रदर्शनका क्रममा सीमा अतिक्रमण अपराध हो, नेपालको सार्वभौमसत्ताको सम्मान गर, लिपुलेक सडक निर्माण तत्काल रोक, भारतीय सेना कालापानीबाट फिर्ता गर लेखिएका प्लकार्डहरु प्रदर्शन गरिएको थियो।

त्यसैगरी मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले भारतले गरेको सीमा अतिक्रमणको विरोधमा २०७७ वैशाख ३० गते विहान तुलसीपुरमा विरोध प्रदर्शन गरेको, समाजले जनाएको छ।

शुक्रबार भारतले नेपालको लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक निर्माण गरेपछि भारतीय नेपाली भूमिमा भारतीय अतिक्रमणको विरोध भइरहेको छ।

सोमबार विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .