प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा रहेका सबै राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएका छन्।
बुधबार दिउँसो साढे चार बजे प्रधानमन्त्रीले बालुवाटारमा सर्वदलीय बैठक बोलाएको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले बताएका छन्।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीलाई आमन्त्रण गरिएको रिमालले ट्वीटमार्फत जानकारी दिएका हुन्।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार सीमा अतिक्रमणबारे छलफल गर्न सो सर्वदलीय बैठक बोलाइएको हो।
हालै भारतले नेपालको लिपुलेक भूमिसमेत अतिक्रमण गर्दै मानसरोवर पुग्ने बाटो निर्माण तथा सञ्चालनमा ल्याएपछि त्यसको चर्को विरोध सुरु भएको छ।
प्रतिक्रिया