प्रधानमन्त्री पदमै हुँदा भ्रष्टाचारको आरोप लागेर अदालत उपस्थित हुने नेतन्याहु नै इजरायलका पहिला प्रधानमन्त्री भएको समाचारहरुमा जनाइएको छ।
जेरुसलामको जिल्ला अदालतमा उनी उपस्थित हुँदैछन्। सन् २००९ यता लगातार उनी सरकारमा छन्। सन् १९९६ देखि १९९९ मा पनि उनी प्रधानमन्त्री बनेका थिए।
चारपटक प्रधानमन्त्री बनेका नेतन्याहु इजरायलमा सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा आसिन भएका व्यक्ति हुन्।
नेतन्याहुले देशका व्यापारीबाट अवैधानिक हिसाबले सिगरेट, मदिराजस्ता उपहार लिएकोे, देशका संचारमाध्यमलाई राम्रो समाचार लेखेमा सर्कुलेसन राम्रो बनाउने प्रस्ताव गरेको, भ्रष्टाचार गरेको तथा ठगी गरेकोजस्ता आरोप लागेका छन्। एजेन्सी
3
Shares
प्रतिक्रिया