ad ad

खेल


२२ वर्षीया नाओमी ओसाका : संसारकै धेरै आम्दानी गर्ने महिला खेलाडी

२२ वर्षीया नाओमी ओसाका : संसारकै धेरै आम्दानी गर्ने महिला खेलाडी

नेपालखबर
जेठ ११, २०७७ आइतबार ७:४८,

जापानकी नाओमी ओसाकाले संसारकै धेरै आम्दानी गर्ने महिला खेलाडीमा सेरेना विलियम्सलाई पछि पारेकी छिन्। फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष नाओमीले ३ करोड ७४ लाख अमेरिकी डलर आम्दानी गरेकी हुन्।

२२ वर्षीया उनले दुईपटक ग्रान्ड स्ल्याम जितिसकेकी छन् भने उनले आम्दानी गरेको रकम कुनै पनि महिला खेलाडीले १२ महिनामा आम्दानी गरेभन्दा सर्वाधिक हो। उनले अमेरिकी स्टार विलियम्सले कमाएभन्दा १४ लाख डलर बढी आम्दानी गरेको रोयटर्सले जनाएको छ।

विलियम्सले यो स्थान विगत चार वर्षयता ओगटिरहेकी थिइन्।

मारिया सारापोभाले सन् २०१५ मा २ करोड ९७ लाख डलर कमाउँदै यो स्थान लिएकी थिइन्। सन् १९९० यता फोर्ब्सका महिला सूचीमा महिला टेनिस खेलाडीहरुले उच्च स्थान ओगट्दै आएका छन्। सन् २००४ देखि यता भने कि विलियम्स कि सारापोभाले यो स्थान लिँदै आएका थिए।

नाओमीले सन् २०१८ मा यूएस ओपन फाइनलमा विलियम्सलाई हराएकी थिइन्। विवादित उक्त खेलमा विलियम्सलाई अम्पायरले ‘थ्रि कोड भाइलेसन’ दिएका थिए। त्यसपछि सन् २०१९ मा नाओमीले अस्ट्रेलियन ओपन जितेकी थिइन्।

यद्यपि उनको डब्ल्युटीए वरीयता भने खस्किँदै गएको छ। उनी अमेरिकाको फ्लोरिडा बस्दै आएकी छिन्। आमा जापानी र बाबु हैटियन अमेरिकी हुन्। आक्रामक खेलशैलीका कारण उनी चर्चित बन्दै आएकी छिन्।

नाओमीसँग १५ वटा स्पोन्सरसिप सम्झौता छ, जसमा चर्चित कम्पनीहरु नाइक, निसान मोटर्स, सिसेइडो र योनेक्स समेत पर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .