ad ad

राजनीति


सेना परिचालन गर्न कर्णाली प्रदेश सरकारको माग

सेना परिचालन गर्न कर्णाली प्रदेश सरकारको माग

नेपालखबर
जेठ १४, २०७७ बुधबार १४:३४,

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड–१९ प्रतिकार्यमा खटाउन नेपाली सेना परिचालनका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।

भारतबाट आउने नेपाली नागरिकका कारण कर्णालीमा कोरोनाको महामारी फैलिएकाले त्यसलाई थप फैलन नदिन बैठकले सुरक्षा जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो। बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षा तथा अन्य कार्यसहित महामारीबाट प्रभावित र संक्रमित नागरिकको उद्धार तथा क्वारेन्टिन व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाली सेनासमेत परिचालन गर्ने परिस्थितिमा स्वीकृतिका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं प्रवक्ता विमला केसीले जानकारी दिइन्।

पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनका लागि कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने, कर्णाली प्रदेशमा व्यापार–व्यवसायको दर्ता तथा सञ्चालन तथा प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री केसीले बताइन्।

कर्णालीका सात सार्वजनिक बिदा राजपत्रमा प्रकाशन गरिने
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र दिइने सात वटा सार्वजनिक बिदाको सूचनाका लागि राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ।

बैठकबाट बिदाका लागि गरिएको निर्णयको तिथिअनुसार दिइने बिदाको मिति आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्तत् समयमा निर्णय गरी सार्वजनिक गर्ने निर्णय भएको प्रवक्ता केसीले जानकारी दिइन्।

प्रवक्ता केसीका अनुसार धान दिवस असार १५ गते प्रदेशभर र चैत १२ गते जुम्लामा, साउन १ गते साउने सङ्क्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, असोज कृष्ण त्रयोदशी चन्दनाथ मन्दिरको लिंगो बोक्ने मेला (जुम्लामा मात्र), माघ १ गते माघे सङ्क्रान्ति (माघी), चैत्र शुक्ल अष्टमी चैतेदशैँ प्रदेशभर मनाइने निर्णय भएको छ। त्यस्तै, फोत्तोलो ल्होसार सम्बन्धित समुदायको लागि मात्र बिदा हुने गरी बैठकले निर्णय गरेको उनको भनाइ थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .