ad ad

राजनीति


प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप बढ्न थालेपछि अमेरिकामा कर्फ्यु

प्रहरी र प्रदर्शनकारीबीच हिंसात्मक झडप बढ्न थालेपछि अमेरिकामा कर्फ्यु

नेपालखबर
जेठ १८, २०७७ आइतबार १०:४८,

प्रहरी हिरासतमा रहेकै बेला जोर्ज फ्लोइडको ‘मृत्यु’ भएको विरोधमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच हिंसात्मक झडप हुन नरोकिएपछि अमेरिकाका विभिन्न सहरमा कर्फ्यु घोषणा गरिएको छ।

देशभरि जहाँ-जहाँ विरोध प्रदर्शन भइरहेका छन्, त्यहाँ-त्यहाँ दंगा प्रहरी परिचालन गरिएकाे छ।

आन्दोलनकारीले प्रहरीको गाडीमा समेत आगो लगाउन थालेपछि उनीहरूविरुद्ध अश्रुग्यास र रबरका गोली प्रहार गरिएका छन्।

राष्ट्रपति डोनल्ड ट्रम्पले आन्दोलनकारीलाई ‘लुटेरा र अराजक’को सज्ञा दिँदै उनीहरूले हिंसा फैलाएको आरोप लगाएका छन्।

गत सोमबार मिनीयापलिसमा प्रहरीले नियन्त्रणमा लिएका अफ्रिकी अमेरिकी ४६ वर्षीय फ्लोइडको हिरासतमै हुँदा मृत्यु भएको थियो।

उनकाे हत्या भएकाे भन्दै अमेरिकामा केही दिनयता विराेध प्रदर्शन चर्किएकामे हाे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .