ad ad

राजनीति


विपक्षीकाे आलोचना बजेट लोकप्रिय हुने डरले: अर्थमन्त्री खतिवडा

विपक्षीकाे आलोचना बजेट लोकप्रिय हुने डरले: अर्थमन्त्री खतिवडा

नेपालखबर
जेठ १९, २०७७ सोमबार ११:४२,

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट लोकप्रिय हुँदै जाने डरले विरोध गर्नुभन्दा तथ्यमा कुरा गर्न आग्रह गरेका छन्।

प्रतिनिधिभा बैठकमा बजेट विनियोजन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले बजेट लोकप्रिय हुने डरले आलोचना नगर्न आग्रह गरे।

उनले भने, ‘संसदमा जब बजेट अलि राम्रो हुँदै जान्छ र लोकप्रिय हुँदै जाने बेला विरोध गर्नुपर्ने हो की? होइन भने फ्याक्टमा कुरा गरौँ। बजेटले कहाँ राम्रो कहाँ नराम्रो गरेको छ भन्ने कुरा गरौँ। अहिलेको बजेट समग्रमा राम्रो भएको छ भन्ने मलाई लागेको छ।’

छलफलमा सांसदहरुले बजेट महिलामैत्री नभएको भन्दै गरेको आलोचनाको अर्थमन्त्री डा. खतिवडाले खण्डन गरेका छन्। महिला प्रत्यक्ष लाभ हुने, अप्रत्यक्ष लाभ हुने कुराहरु बजेटको अनुसूचीमा रहेको उल्लेख गर्दै उनले आफूलाई कुनै एउटा कुरामा चित्त नबुझ्दा समग्र महिलाको हितमा भएन भन्न नमिल्ने बताए।

सीमा क्षेत्रमा बोर्डर आउट पोष्टको क्षमता विस्तारका लागि बजेट बढाइएको बताए। रक्षा क्षेत्रमा बजेट नबढाइएको बरु नेपाली सेना मार्फत हुने रणनीतिक आयोजनाहरुका लागि सम्बन्धित मन्त्रालय मार्फत बजेट गएको बताए।

कोरोना संक्रमण नियन्त्रणका लागि चालु आर्थिक वर्षमा नै ५ अर्ब निकासा भएको र कोरोना सम्बन्धित कोषमा २ अर्ब ३१ करोड रकम जम्मा भएको उनले बताए। कोरोना महामारी नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री खतिवडाले सरकारले कुनै पनि स्वास्थ्य सामग्री अभाव हुन नदिने बताए।

एमसीसीको विषयमा उठेका प्रश्नहरुमा अर्थमन्त्री खतिवडाले नेपाल सरकारले गर्ने काममा पैसा भएको र संसदले निर्णय गरेपछि काम अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .