ad ad

राजनीति


जोर्ज फ्लोएड मृत्यु प्रकरणः ट्रम्पकी छोरी र पत्नी नै प्रदर्शनकारीका पक्षमा

जोर्ज फ्लोएड मृत्यु प्रकरणः ट्रम्पकी छोरी र पत्नी नै प्रदर्शनकारीका पक्षमा

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १६:२०,

अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पकी छाेरी र पत्नीले नै जोर्ज फ्लोएड हत्याविरुद्ध अमेरिकामा जारी आन्दोलनकाे समर्थन गरेका छन्।

ट्रम्पकी कान्छी छोरी टिफनी ट्रम्प र उनकी आमासमेत आन्दोलनकारीका पक्षमा उभिएका हुन्।

अफ्रिकी मूलका अमेरिकी नागरिक जोर्ज फ्लोएड प्रहरी हिरासतमै रहेका बेला मारिएपछि अमेरिकामा एक हप्ताभन्दा बढी दिनदेखि विरोध प्रदर्शन जारी छ।

प्रदर्शनका क्रममा अमेरिकाका ठाउँ ठाउँमा झडप तथा हिंसात्मक घटना पनि भइरहेका छन्। स्थिति नियन्त्रणमा लिन भनेर अमेरिकी सरकारले कम्तीमा देशका ४० सहरमा कफ्र्यु लगाएको छ, तैपनि आन्दोलन रोकिएको छैन।

राष्ट्रपति ट्रम्प आन्दोलन दबाउन उद्यत रहेका बेला उनकी कान्छी छोरी टिफनीले भने इन्स्टाग्राममा कालो पाेत्दै ‘ब्ल्याकआउट ट्युस्डे/जस्टिस फर जोर्ज फ्लोइड’ ह्यास ट्याग गर्दै प्रदर्शनकारीका पक्षमा आफूलाई उभ्याएकी हुन्।

उनले लेखेकी छन्, ‘एक्लाएक्लै हामी ज्यादै कम कुरा मात्र हासिल गर्न सक्छौं, हामी धेरै मिलेर गर्‍याैँ भने धेरै कुरा हासिल गर्न सक्छौं।’

 

 
 
View this post on Instagram
 
 
 
 
 
 
 
 
 

”Alone we can achieve so little; together we can achieve so much.”- Helen Keller #blackoutTuesday #justiceforgeorgefloyd

A post shared by Tiffany Ariana Trump (@tiffanytrump) on

ट्रम्पकी छोरीको अभिव्यक्ति यस्तो समयमा सार्वजनिक भएको छ, जतिबेला प्रहरीले राजधानी वासिङटनस्थित राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर विरोधमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

यसैगरी टिफनकी आमा अर्थात् ट्रम्पकी दोस्री पत्नी मार्ला म्यापल्सले समेत प्रदर्शनकारीकै पक्षमा मत जाहेर गरेका छन्। सामाजिक सञ्जालमा कालो पोतिरहेकी छन्।

टिफनीको पोस्टमा कमेन्ट गर्नेमध्ये धेरैले समर्थन जनाएका छन् भने यसबारे आफ्ना पिता ट्रम्पसँग सल्लाह गर्न सुझाव दिने पनि प्रशस्तै देखिएका छन्।

अमेरिकाका सामाजिक सञ्जालमा ‘ब्ल्याकआउ ट्युस्डे’ अर्थात् ‘कालो मंगलबार’ निकै लोकप्रिय बनेको छ। यो ह्यास ट्यागमा नश्लवाद र प्रहरी बर्बरताको विरोध गरिएको छ।

याे पनि: फ्लोइड मृत्यु प्रकरणः बर्खास्त प्रहरी अधिकारीविरुद्ध ‘नियतवश’ हत्या गरेकाे अभियोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .