ad ad

राजनीति


एमसीसी खारेजीको माग गर्दै राजमोद्वारा देशब्यापी प्रदर्शन

एमसीसी खारेजीको माग गर्दै राजमोद्वारा देशब्यापी प्रदर्शन

नेपालखबर
जेठ २६, २०७७ सोमबार १४:३२,

राष्ट्रिय जनमोर्चाले संसदमा विचारधिन मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै देशब्यापी विरोध प्रदर्शन गरेको छ।

काठमाडौं लगायत विभिन्न जिल्लाहरुमा भएको प्रदर्शनका क्रममा सहभागीहरुले एमसीसी खारेजीको माग सँगै भारतीय सेनालाई कालापानीबाट हटाउन र अतिक्रमित भूमि फिर्ता गर्न सरकारलाई दबाब दिएका छन्।

राजधानीको शान्तिबाटिकामा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताए। उनले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने र त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन गर्ने बताए।

यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताए। उनले ५०÷६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताए। एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा प्रवक्ता पुरीले जोड दिए।

राजमो लगायत विभिन्न १० राजनीतिक दल तथा संगठनहरुले संयुक्त रुपमा एमसीसी खारेजीका लागि सरकारलाई दबाब दिँदै आएका छन् भने सत्तारुढ दल नेकपा भित्र पनि एमसीसी संसदबाट पास गर्न नहुने मत बलियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .