ad ad

राजनीति


लकडाउन, शैक्षिक क्षेत्र र कोरोना परीक्षण गर्न निजी अस्पताललाई दिनेबारे आज निर्णय हुन्छ : प्रधानमन्त्री

लकडाउन, शैक्षिक क्षेत्र र कोरोना परीक्षण गर्न निजी अस्पताललाई दिनेबारे आज निर्णय हुन्छ : प्रधानमन्त्री

नेपालखबर
जेठ २८, २०७७ बुधबार ७:४०,

 प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नाका लागि साढे दुई महिनादेखि लगाउँदै आएको लकडाउन खुकुलो पार्न लागेको बताएका छन्।

बुधबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई विभिन्न क्षेत्रबाट सुझाव आइरहेको भन्दै समयानुकूल ढंगले सामाजिक जनजीवन सहज बनाउनेबारे आज बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताए।]

‘हामी थुप्रै कुराहरुलाई समयानुकूल सहजीकरण गर्ने र कतिपय साथी, पार्टीहरुले सुझाव दिनुभएको छ, ज्ञापनपत्र बुझाउनुभएको छ, ती कुराहरु ध्यानमा राखेर कसरी अवस्थामा अनुकूल परिवर्तन ल्याउन सकिन्छ हामी निर्णय गर्नेछौं’, प्रधानमन्त्रीले भने।

उनले शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिन्छ र  निजी क्षेत्रलाई कोरोनाको परीक्षण गर्न दिनेबारे पनि निर्णय गरिने बताए।

'आजकाे मन्त्रिपरिषदबाट केही महत्वपूर्ण निर्णय हुँदैछन्’, उनले भने, ‘लकडाउनलाई सरलीकरण गर्ने सम्बन्धमा, जनतालाई असुविधान नपुगोस् भन्ने सन्दर्भमा नीजि क्षेत्रलाई टेस्ट गर्न दिइयोस भन्ने सन्दर्भमा, शिक्षा क्षेत्रका विद्यार्थीहरुले कलिला बालवालिकाहरुले, किशोर किशोरीहरुले युवाहरुले झेल्नुपरेका समस्याहरुको समाधान कसरी गछौं र शिक्षा क्षेत्रलाई कसरी सहज बनाउन सकिएला? अथवा कमसेकम असहजतालाई न्यन गर्न सकिएला त्यसम्बन्धमा यसपछि बस्ने मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण निर्णय गर्दैछ।’

कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .