ad ad

समाज


जेलमुक्त गरिएका तालिबानहरु फेरि युद्धमैदानमा जानसक्ने चिन्ता

जेलमुक्त गरिएका तालिबानहरु फेरि युद्धमैदानमा जानसक्ने चिन्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार ७:४७,

अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ। तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्न भनेका छन्।

तालिबान संगठनको यो पहिलो शर्तका लागि सरकार पनि तयार भएको छ। सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ।

तर पनि यो तयारीसँगै हजारौँ जना बाहिर निस्किने ती लडाकूहरु फेरि लडाईँको मैदानमा नै जाने र अफगान तालिबानलाई सहयोग गर्नसक्ने चिन्ता भने सरकारलाई रहेको छ।

सुरक्षा निकायहरुले पनि यस विषयमा व्यापक रुपमा चासो लिएको पाइएको छ। सुरक्षा अंगहरुले ती लडाकूहरुले पछि जेलबाट निस्किएपछि फेरि तालिबानको युद्धमा सहभागी त हुदैनन् भनेर पनि विचार गरिरहेका छन्।

त्यसैले उता सरकारले ती लडाकूहरुलाई रिहा गर्ने तयारी गरिरहेका बेला यता सुरक्षा निकायहरुले पनि उच्च सुरक्षा सतर्कता अपनाएको बुझिएको कतिपय समाचारहरुमा जनाइएको छ।

अफगानिस्तानको सरकार, अमेरिका र तालिबानबीच केही महिनाअघि कतारको राजधानी दोहामा भएको सम्झौताबमोजिम तालिबानहरु पनि शान्ति वार्तामा आउने भएका हुन्।

उनीहरुकै मागअनुसार अमेरिकाले पनि अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने तयारी थालेको बताइएको छ। तर अमेरिका भने पछिल्लो समयमा तालिबानहरुको शान्तिवार्ताप्रतिको इमान्दारितामा प्रश्न गर्न थालेको छ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .