ad ad

राजनीति


लिपुलेकसहितकाे नक्सा खारेजीकाे माग गर्दै सरिता गिरीद्वारा संशाेधन दर्ता

लिपुलेकसहितकाे नक्सा खारेजीकाे माग गर्दै सरिता गिरीद्वारा संशाेधन दर्ता

नेपालखबर
जेठ २८, २०७७ बुधबार १०:३१,

परिमार्जित नक्सा संविधानमा समेट्न सरकारले ल्याएको सविधान संशोधनलाई खारेजी गर्नुपर्ने माग गर्दै सांसद सरिता गिरीले संसदमा संशोधन दर्ता गराएकी छन।

बुधबार दिउँसो सिंहदरबार पुगेर उनले सो प्रस्ताव दर्ता गरेकी हुन्।

‘उहाँले अहिले सरकारले ल्याएको नक्सा गलत छ। त्यो खारेज हुनुपर्छ भन्ने माग गर्दै संविधान संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउनु भएको छ,’ संसदको विधेयक शाखाका प्रमुख नारायण ढकालले नेपालखबरसँग भने।

सरकारले भारतले अतिक्रमण गरेकाे नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारी गरेपछि संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्सा पनि साेहिअनुसार परिमार्जन गर्न संविधान संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ।

म‌ंगलबार साे संशाेधन बिधेयकमाथिकाे सैध्दान्तिक छलफल हुँदा सबै पार्टीले समर्थन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .