ad ad

राजनीति


रक्षामन्त्री पोखरेल र क्यानडाका रक्षामन्त्री बीच टेलिफोन वार्ता

रक्षामन्त्री पोखरेल र क्यानडाका रक्षामन्त्री बीच टेलिफोन वार्ता

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १४:३३,

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र क्यानाडा सरकारका राष्ट्रिय रक्षा मन्त्री हरजीत साजनबीच टेलिफोन वार्ता भएको छ।

वार्तामा दुवै देशका सरकारबाट हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ रोगको संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भईरहेका प्रयासहरुका सम्बन्धमा छलफल हुनुका साथै यसलाई अझैै प्रभावकारी बनाउन दुई देशबीच पारस्परिक सहयोग गर्ने विषयमा छलफल भएको रक्षा मन्त्रालयले जनाएको छ।

वार्ताको क्रममा उपप्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले चालेका कदम बारेमा जानकारी गराएका थिए।

उनले अघिल्लो महिना नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र मित्रराष्ट्र क्यानाडाका गभर्नर जनरलबीच कोभिड–१९ महामारी नियन्त्रण र व्यवस्थापन गर्ने सम्बन्धमा भएको सूचनाको आदान प्रदानको स्मरण गरे। यस्तै उनले सन् २०१८ मा संयुक्त राष्ट्र संघीय साधारणसभामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र क्यानाडा सरकारका प्रधानमन्त्री जस्टिन ट्रुडोको साइडलाइन भेटवार्ताको पनि स्मरण गरे।

यस्ता उच्चस्तरीय वार्ताबाट दुई देश बीचको सम्बन्ध अझै गाढा र फराकिलो हुने विश्वास व्यक्त गरे।

वार्ताका क्रममा क्यानाडा सरकारका राष्ट्रिय रक्षा मन्त्री साजनले कोभिड–१९ को विश्वव्यापी महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेका प्रयासहरुको सराहना प्रकट गर्दै आगामी दिनमा नेपाल र क्यानाडा सरकार दुवै एकसाथ अघि बढ्ने विश्वास प्रकट गरे। टेलिफोन वार्ताका अवसरमा रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .