ad ad

समाज


‘नेपाल पस्याे मनसुन, आजै रातिबाट भारी वर्षा हुन्छ, होसियारी अपनाऊँ’  

‘नेपाल पस्याे मनसुन, आजै रातिबाट भारी वर्षा हुन्छ, होसियारी अपनाऊँ’  

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १४:२९,

नेपालमा आज (शुक्रबार) देखि मनसुन प्रवेश गरेको र अब यसले मौसमी गतविधि बढाउने भन्दै आवश्यक तयारीमा लाग्न मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले शुक्रबार साँझ ६ बजे विशेष बुलेटिन जारी गर्दै नेपालको पूर्वी भूभागबाट मनसुन प्रवेश गरेको जानकारी दिएको हो। मनसुन प्रवेश गर्नु भनेकाे वर्षा याम सुरु हुनु हाे। 

सामान्यतया मनसुन जुन १० मा नेपाल प्रवेश गर्ने भए पनि यस वर्ष २ दिन ढिला गरी जुन १२ अर्थात् आज प्रवेश गरेको महाशाखाले जनाएकाे छ। 

मनसुन प्रवेशसँगै मौसमी गतिविधि बढ्ने सम्भावना भएको हुँदा आवश्यक सतर्कता अपनाउन तथा मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न महाशाखाले सबैमा आग्रह गरेको छ।

 

महाशाखाका अनुसार अहिले राति प्रदेश १, २, बाग्मती, गण्डकीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ।

साथै गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः  देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म तथा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

माैसमविद्का अनुसार नेपालमा असोज पहिलो साता (सेप्टेम्बर २३) सम्म मनसुनी गतिविधि जारी रहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .