लिपुलेक समेटिएको नेपालको नयाँ नक्साको विपक्षमा उभिएकी आफ्नी पार्टीकी नेतृ सांसद सरिता गिरी आफ्नो अडानमा अडिग रहेपछि यस विषयमा के गर्ने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ।
निशान छापमा नेपालको नयाँ नक्सा राख्न आजै संविधान संशोधन गर्ने तयारी छ। त्यसका लागि आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ।
तर त्यस्तो संशोधन गर्न नहुने भन्दै सांसद गिरीले संसद सचिवालयमा फरक प्रस्ताव दर्ता गराएकी छन्। जनस्तरबाट यसको व्यापक विरोध भएपछि समाजवादी पार्टीले नेतृ गिरीलाई त्यो प्रस्ताव फिर्ता लिन चेतावनी दिए पनि फिर्ता लिन मानिरहेकी छैनन्।
सोही कारण अब के निर्णय गर्ने भन्ने विषयमा प्रतिनिधिसभाको बैठक बस्नुअघि अहिले बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिएका छन्।
याे पनि: सरिता गिरीको घरमा ढुंगामुढा गरेको आरोपमा विद्यार्थी नेता पक्राउ
Shares
प्रतिक्रिया