ad ad

राजनीति


विवादबीच उत्तरले दक्षिण कोरियासँग संचार गर्न स्थापना गरेको सम्पर्क कार्यालय भत्कायो

विवादबीच उत्तरले दक्षिण कोरियासँग संचार गर्न स्थापना गरेको सम्पर्क कार्यालय भत्कायो

नेपालखबर
असार २, २०७७ मंगलबार ८:७,

सीमा नजिक केसङमा उत्तर कोरियाले सन् २०१८ मा दक्षिण कोरियासँग दैनिक संचार गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको थियो।

पछिल्लो समय दुई देशबीच विवाद बढेपछि उत्तर कोरियाले दक्षिण कोरियासँग सबै किसिमको सम्पर्क बन्द गर्ने बताएको थियो।

यसबीचमा उत्तर कोरियाले सम्पर्क कार्यालय भत्काएको दक्षिण कोरियाले जनाएको छ।

मंगलबार उत्तर कोरियाले सम्पर्क कार्यालय भत्काउँदा बिस्फोटनको आवाज सुनिएको थियो। साथै धुवाँको मुस्लो पनि उडेको दक्षिण कोरियाको भनाइ छ।

सोमबार मात्र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले सम्पर्क कार्यालय बन्द गर्न नहुने र समस्या छलफलबाट टुंग्याउनु पर्ने बताएका थिए।

केही समययता दक्षिण कोरियाको भूमिबाट उत्तर कोरियाविरुद्धको गतिविधि बढेर गएको छ। उत्तरविरोधी शब्द लेखिएका लाखौं बेलुनहरु तथा पर्चाहरु उडाइएपछि उत्तर रुष्ट बनेको छ।

उत्तर कोरियाले त्यस्ता गतिविधि बढे सैन्य कारवाही गर्ने चेतावनी नै दिएको छ। हाल उत्तरले दुवै देशको तटस्थ क्षेत्र डिएमजेटमा सेना पठाउने बताइरहेको छ। एजेन्सी

North Korea Warns of Military Campaign Against Propaganda Leaflets ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .